समाज


पोखरीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु

पोखरीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १३:५९, काठमाडौँ

सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ। 

रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

खाल्डोमा जमेको पानीमा डुबेर बुटवल उपमहानगरपालिका-१२ तामनगर बस्ने सुशिला पौडेलका छोराअन्दाजी २ वर्षीय सम्रात पौडेलको मृत्यु भएको हो।

पानीमा डुबेर गम्भीर बिरामी परेका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि सर्लाही सदरमुकाम मलंगवामा पनि पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। 

मलंगवा नगरपालिका-१ ब्रहम्स्थान नजिकै रहेको पोखरीमा डुबेर स्थानीय ४५ वर्षीय जितु चन्द रामको मृत्यु भएको हो। 

बिहीबार पोखरीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad