कारोबार


तीन करोडभन्दा बढी मूल्यको घरजग्गा खरिद अब यी ३६ कम्पनीबाट गर्नुपर्ने

तीन करोडभन्दा बढी मूल्यको घरजग्गा खरिद अब यी ३६ कम्पनीबाट गर्नुपर्ने

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १६:४५, काठमाडौँ

तीन करोडभन्दा बढी थैली अंक भएको घरजग्गा कारोबारका लागि ३६ वटा कम्पनीले अनुमति पाएका छन्। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरुबीच घरजग्गा कारोबार गर्न इजाजत दिएको हो।

विभागले मालपोत ऐन, २०३४ को दफा २६ (क) मा रहेको घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाबमोजिम नेपाल सरकारबाट मिति २०८२÷०६÷२७ मा  नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगर र  उपमहानगरपालिका क्षेत्रभित्र बाट आवेदन माग गरेको थियो। जसमा ३६ कम्पनीहरुले घरजग्गा काराबारका लागि इजाजत पाएका हुन्।

विभागले फागुन २५ देखि ३ करोड अंकित थैलीभन्दा बढी कारोबार अनिवार्य रुपमा इजाजतप्राप्त कम्पनीहरुबाटै गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। जसका लागि विभागले ३६ वटा स्वीकृति पाएका कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
 

इजाजत पाउनेमा हिमालयन रियल्टर्स प्रा.लि, कन्टिनेन्टेल रियल स्टेट प्रालि, एसके होम रियल स्टेट कम्पनी प्रालि, रुबि क्राउन प्रोपर्टिज प्रालि, नन्दी रियल इस्टेट, इगुरास प्रोपर्टी सोलुसन्स, जमिनदार रियल इस्टेट, तिलोत्तमा बिल्डर्स, रियल इस्टेट एजेन्सी, बुस्पाइरप रियल इस्टेट, अशोक घरसंसार नेपाल छन्।

यस्तै पानस बिज सर्भ, लुम्बिनी रियल स्टेट एण्ड मल्टिपर्पोज, कृष्ण डेभ्लपर्स, ज्ञान इको इन्नोभेशन इन्भेष्टमेन्ट नेपाल, भूमिराज एस्टेट्स, स्काइ वल्ड रियलस्टेट सोलुसन, एम्पायर रियल स्टेट डेभलपमेन्ट, नेपला ल्यान्ड ब्रोकर, डि एन ग्रुप अफ कम्पनी, भोजपुर सिद्धकाली हाउजिङ, प्रुडेन्सीयल डेब्लपर्स, चार्टर्ड रियल, घरजग्गा सेवा, ओमोगा क्यापिटल एडभाईजर्स, ऋतम्भरा मल्टिपर्पोज इन्भेष्टमेन्ट, मेट्रो लिंक प्रोपर्टिज, बिरट रियल स्टेट एण्ड हाउजिङ, सम्पत्ति रियल स्टेट, प्रसिद्ध इन्भेष्टमेन्ट कम्पनी, एकर्स नेपाल स्टेट, मस्र्याङ्दी डेभलपमेन्ट एण्ड रिर्सच,सेरेन इस्टेट्स प्रा.लि. र घरबारी सेवाले इजाजत पाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad