एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन सहितको पूर्ण 'एचआर सफ्टवेयर' सार्वजनिक गरेको छ।
एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस)को सफलता पछि कम्पनीले बजारको माग अनुसार पूर्ण डिजिटल एचआर सोलुसन ल्याएको हो।
कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक 'लिंक्डइन एकीकृत एटीएस प्रणाली' सार्वजनिक गरेको थियो। एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ सफ्टवेयर विकास गरिएको हो।
ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले एटीएसको सफलतापछि करिब ६ महिनाको विकास प्रक्रियापछि प्रडक्ट लाइभ गरिएको जानकारी दिए।
विशेषता
हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या छ। ट्यालेन्ट कनेक्ट्सको सफ्टवेयर देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिने कम्पनीले जनाएको छ।
मल्टी कन्ट्री र मल्टी करेन्सी: नेपाल बाहिर सेवा विस्तार गरिरहेका वा बहुराष्ट्रिय कम्पनीका लागि यो उपयोगी हुनेछ।
केपीआई ट्रयाकिङ: कर्मचारीको कार्यसम्पादन ९परफर्मेन्स० ट्रयाकिङका लागि केपीआई सेट गर्न सकिने।
एटीएएस एकीकरण: पहिलेदेखि नै सफल रहेको एप्लिकेन्ट ट्रयाकिङ सिस्टमसँगै पेरोलको सुविधा।
ग्लोबल पहुँच र लगानी
ट्यालेन्ट कनेक्ट्स हाल नेपाल र अमेरिकामा सञ्चालनमा छ। कम्पनीका सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बंगलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्।
यो कम्पनीले पहिलो सिजनको 'शार्क ट्यांक नेपाल'बाट ३.५ करोड रुपैयाँ लगानी समेत जुटाएको थियो। सफ्टवेयर सार्वजनिक भएको अवसरमा कम्पनीले ग्राहकका लागि २० प्रतिशत छुटको घोषणा गरेको छ।
Shares

प्रतिक्रिया