हिजो घटेको सुनको मूल्य आज पनि घटेको छ। तोलामा नौसय रुपैयाँ घटेर सुनको भाउ आज ३ लाख १ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा तीन हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको हो। हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँ थियो।
गएको बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य आइतबार तोलामा २३ सय रुपैयाँ बढेको थियो।
गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने थोरै बढेको छ।
प्रतितोला १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया