बंगलादेशका नवनिर्वाचित सांसदरूले मंगलबार पदको शपथ खाएका छन्।
स्थानीय समयअनुसार १०:४२ बजे प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा सांसदहरूलाई शपथ खुवाएका हुन्।
बंगलादेशी मिडिया प्रोथोम ओलोका अनुसार, शपथ ग्रहण समारोह कडा सुरक्षाबिच आयोजना गरिएको थियो।
हजारभन्दा बढी स्वदेशी र विदेशी पाहुना उपस्थित कार्यक्रममा सांसदले शपथ खानुअघि कुरान पाठ गरिएको थियो।
आजै अपराह्न ४ बजे बीएनपी अध्यक्ष तारिक रहमानले प्रधानमन्त्री तथा अन्यले मन्त्री पदको शपथ खाने कार्यक्रम छ।
258
Shares

प्रतिक्रिया