कारोबार


नेपाल बैंकले माग्यो प्रबन्धकदेखि सहायकसम्म ५८ जना कर्मचारी

नेपाल बैंकले माग्यो प्रबन्धकदेखि सहायकसम्म ५८ जना कर्मचारी

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८२ शुक्रबार ९:२, काठमाडौँ

नेपाल बैंक लिमिटेडले वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ। 

बैंकले आज सूचना जारी गर्दै स्विकृत तरबन्दीका लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जनाएको छ। 

वरिष्ठ प्रबन्धक एकजना, सहायक प्रवन्धक ६ जना, सहायक प्रवधन्धक (आईटी) ६ जना, सहायक प्रवन्धक (सीए) ६ जना, विभिन्न प्रदेशका शाखा कार्यालयको लागि आईटी सहायक १२ जना र २० जना सहायकका लागि बैंकले दरखास्त आह्वान गरेको छ। 

यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत २१ गतेसम्म निवेदन दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad