गएका दुई दिनमा १३ हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ।
सुनको मूल्य आज तोलामा नौसय रुपैयाँ बढेर तीनलाख पाँचहजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा ९ हजार ५ सय बढेको सुनको भाउ सोमबार तोलामा ४१ सय रुपैयाँ बढेको थियो।
हिजो तीनलाख चारहजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज तीनलाख पाँचहजार पाँचसय रुपैयाँ पुगेको हो।
यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने घटेको छ।
प्रतितोला १० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको पाँच हजार २४० रुपैयाँमा झरेको छ।
यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया