कारोबार


निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छः ढकाल

निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छः ढकाल

नेपालखबर
माघ २५, २०८२ आइतबार १९:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्।

आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई थियो।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र फाइदा लिनका लागि मात्रै नभएको भन्ने कुरालाई सरकारले बुझाउनुपर्ने आवश्यता पनि औँल्याए।

उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताए।

निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने भएको र यसलाई यसै रुपमा बुझेर अघि बढ्दा मात्रै सबैको हित हुने अध्यक्ष ढकालले स्पष्ट पारे। 

उनले भने, ‘२३, २४ को आन्दोलनबाट हामीले जुन पाठ सिक्यौँ। निजी क्षेत्र भनेको केवल फाईदाको लागि होइन। निजी क्षेत्र भनेको उसको व्यक्तिगत आम्दानीको लागि मात्रै होइन। निजी क्षेत्र भनेको समग्रतामा रोजगारी सृजना गर्ने हो। निजी क्षेत्र भनेको रोजगारीको क्रियटर हो। निजी क्षेत्र भनेको रभिन्यू दिने क्षेत्र हो भन्ने म्यासेज दिन सक्नु पर्दछ। निजी क्षेत्रमाथि जुन टार्गेट छ।’ 

अध्यक्ष ढकालले थपे, ‘अब आईन्दा त्यस्तो घटना हुन नदिनका लागि सरकारको तर्फबाट आम पब्लिकमा एउटा कमिटमेन्ट निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना (वीएचपीपी) हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि दिएका छौँ। आगामी दिनमा यस्तो किसिमको घटना हुन नदिन पनि सरकारको तर्फबाट सो रणनीतिलाई तत्काल कार्यान्वयन गर्न आवश्यक छ।’

अध्यक्ष ढकालले जेन–जी आन्दोलनमा जस्तो दुखद घटना फेरि मुलुकमा हुन नदिन पनि सरकारले सचेत भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad