ad ad

कारोबार


लकडाउनमै धमाधम खुल्न थाले देशभरका उद्योग

लकडाउनमै धमाधम खुल्न थाले देशभरका उद्योग

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १:४२,

लकडाउनकैबीच देशभरका आधारभूत उद्योग धमाधम खुल्न थालेका छन्।

सरकारले तीन दिनअघि मन्त्रिपरिषद् बैठकबाट औद्योगिक (मदिराबाहेक) क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि त्यसबाहेकका उद्योग धमाधम सञ्चालन हुन थालेका हुन्।

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग तथा वीरगन्जका ठूला उद्योग सञ्चालन गर्न सुरु गरिएको हो।

सरकारले तोकेअनुसार मापदण्ड पूरा गरेर सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल बिहीबारदेखि सञ्चालन गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिएका छन्। अन्य केही उद्योगले पनि सरकारले तोकेबमोजिम मापदण्ड पूरा गर्दै सञ्चालनको अनुमति लिने तयारी गरेका छन्।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्थासहित भौतिक दूरी कायम राखेर उद्योग सञ्चालन गरेको छ।

यस्तै शुक्रबारदेखि पोखरामाका पनि आधाभन्दा बढी उद्योग सञ्चालनमा आएका छन्। यसैगरी नेपालगन्जका पनि अधिकतर उद्योग सञ्चलान गर्ने तयारी भइरहेको छ।

तर धेरैजसो उद्योगी/व्यवसायीले कच्चा पदार्थ एवं श्रमिक व्यवस्थापन र बजारीकरणमा समस्या भइरहेको गुनासो गरिरहेका छन्।

भैरहवाका उद्योगीले भने उद्योग सञ्चाल हुने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन्। बजार नखुल्दासम्म उद्योग सञ्चालन र्गन गाह्रो हुने उनीहरूको भनाइ छ। यस्तै बुटवलका उद्योगीले पनि सरकारले अनुमति दिए पनि उद्योग सञ्चलान गर्ने वातावरण भने नबनेको गुनासो गरिरहेका छन्।

याे पनि: 

२५ गते पछि सबै उद्योग खुलाउने तयारी, यस्तो छ सञ्चालन कार्यविधि

सरकारले भनेका सबै उद्योग तत्काल चलाउन सकिन्नः व्यवसायी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .