कारोबार


३ दिनमा ५२ हजार ७ सय घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

३ दिनमा ५२ हजार ७ सय घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

नेपालखबर
माघ २०, २०८२ मंगलबार ११:४६, काठमाडौँ

तीन दिनमा ५२ हजार सात सय घटेको सुनको मूल्य आज बढेको छ। 

तोलामा ३७ सय बढेर सुनको मूल्य आज दुई लाख ९० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार, आइतरबा र सोमबार सुनको मूल्य लगातार घटेको थियो। 

सुनको मूल्य हिजो प्रतितोला १३ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो। 

गत बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको शुक्रबार सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ घटेको थियो भने आइतबार पनि १८ हजार ८ सय रुपैयाँ घटेको थियो। 

आज चाँदीको मूल्य पनि बढेको छ। 

प्रतितोला एकसय ३५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको पाँच हजार तीनसय ३५ रुपैयाँ पुगेको छ। 

आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad