कारोबार


छ महिनामा भित्रियाे साढे १० खर्ब रेमिट्यान्स, ३९.१ प्रतिशतको बढोत्तरी

छ महिनामा भित्रियाे साढे १० खर्ब रेमिट्यान्स, ३९.१ प्रतिशतको बढोत्तरी

नेपालखबर
माघ १९, २०८२ सोमबार १९:५५, काठमाडौँ

 चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले पठाउने रकम ३९.१ प्रतिशतले बढेको छ। 

छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोडको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको हो। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।

२०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad