भारतीय वित्तमन्त्री निर्मला सीतारमणले विकास बजेट बढाएकी छिन्।
२०२७ का लागि उनले १२२ खर्ब खर्च गर्ने लक्ष्य राखेकी हुन्। गत वर्ष उनले ११२ खर्ब छुट्याएकी थिइन्।
कुल गार्हस्थ्य उत्पादनको ४.३ प्रतिशतमा बजेट घाटा संकुचित हुने उनको अनुमान छ।
वित्तमन्त्री सीतारमणले लोकसभामा युनियन बजेट सार्वजनिक गरेकी हुन्। यसमा आगामी वर्षका मुख्य नीतिगत प्राथमिकता, कर प्रस्ताव र खर्चको योजना समावेश छ।
उनी लामो समय वित्तमन्त्री बन्ने व्यक्ति समेत बन्न पुगेको भारतीय मिडियाले जनाएको छ। उनले १ घण्टा ३९ मिनेट लगाएर बजेट भाषण गरेकी हुन्। यसअनुसार खुद कर प्राप्ति २८ खर्ब ७० अर्ब भारु पुग्ने र कुल बजेटको आकार ५ सय ३५ खर्ब पुग्ने वित्तमन्त्रीको अनुमान छ।
यी हुन् भारतीय बजेटका मुख्य हाइलाइट्स
- १५ प्रतिशतले बढ्यो रक्षा बजेट, कुल ७८ खर्ब विनियोजन
213
Shares

प्रतिक्रिया