बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तराल पछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ।
सिन्ह्वाका अनुसार ढाकाबाट सुरुवाती उडान, बीजी – ३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समय अनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो।
बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सल्लाहकार शेख बशीर उद्दीन र बंगलादेशका लागि पाकिस्तानका उच्चायुक्त इमरान हैदरले संयुक्त रूपमा रिवन काटेर विमानस्थलमा आयोजित उद्घाटन समारोह उद्घाटन गरेका थिए।
राष्ट्रिय ध्वजावाहक कम्पनीले ढाका–कराची उडान हरेक बिहीबार र शनिबार सञ्चालन हुने बताएको छ।
प्रत्यक्ष उडानहरू पुन: सुरु गर्नाले दुइ देश विच यात्रा सजिलो हुने र दुई दक्षिण एसियाली देशहरूबीचको व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
बंगलादेश र पाकिस्तानबिचको द्विपक्षीय सम्बन्ध सुधार हुँदै जाँदा प्रत्यक्ष उडानहरू सम्भव भएको जनाइएको छ।
Shares

प्रतिक्रिया