हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीकै भाउ आज पनि अहिलेसम्मकै महँगो बनेको छ।
सुनको भाउ आज तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।
हिजो तोलामा पाँचहजार दुईसय रुपैयाँ बढेर सुनको भाउ तोलाको तीन लाख नौहजार रुपैयाँ पुगेको थियो।
शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।
गएको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा १०५ रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार ८७० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ६ हजार ७६५ रुपैयाँ थियो।
Shares

प्रतिक्रिया