कारोबार


हिमालयन बैंकका प्रचण्ड बने बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष

हिमालयन बैंकका प्रचण्ड बने बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष

नेपालखबर
माघ ७, २०८२ बुधबार १७:२३, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। 

उनलाई मंगलबार बसेको १५औँ कार्यसमितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।

सिबिफिनको विधानअनुसार कार्यसमिति निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त थियो।

रिक्त पदमा परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको नेतृत्वले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो। नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका उनी यसअघि कार्यसमितिको महासचिवमा थिए।

पदभार ग्रहणपछि बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको असुरक्षाको चुनौतीलाई सम्बोधन गर्दै गर्दै उनले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै सुरक्षित वातावरण सिर्जना गर्न भूमिका खेल्नुपर्ने बताए।

नियुक्तिलगत्तै बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ। 

तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो। यस्तै एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिनुभएको कारण कोषाध्यक्ष पद समेत रिक्त थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad