ग्लोकल प्रालिको एक एकाइ ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित 'स्किल विक २०२६' को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार सम्पन्न भएको छ।
उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो।
यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा 'इन्फोटेनमेन्ट' हप्ताको रूपमा मनाइएको ग्लोकल प्रालिले जनाएको छ।
जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए।
कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई 'स्किल हिरो अवार्ड'बाट सम्मानित गरिएको थियो।
उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।
आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको 'स्किल हिरो अवार्ड' बाट सम्मानित गरिएको छ।
अवार्डका विजेताहरूमा पर्यटन र आतिथ्यतर्फ ऋषभ अग्रवाल, कला र संस्कृतितर्फ किशोर कायस्थ, उद्यमशीलतातर्फ अनुष्का श्रेष्ठ, विज्ञान र प्रविधितर्फ समीर फुयाँल, प्रशिक्षुतातर्फ सोनाम नेम्वाङ रहेका छन्।
Shares

प्रतिक्रिया