नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा कार्यक्रम गरिएको हो।
अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले एमडीआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट भएका ८३ जना अभिकर्ताहरुलाई भव्य समारोहका बीच सम्मान गरेको छ।
अध्यक्ष सिंहले सहभागी अभिकर्तालाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेकी थिइन्।
Shares

प्रतिक्रिया