नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउने भएको छ।
सो क्रममा कम्पनीले ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोस र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू प्रदान गर्दछ।
यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा रु. ४ लाखसम्मको आकर्षक नगद छुटका साथै ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष वल्र्ड कप बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको विस्तृत बीमा र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइएको छ।
यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया