कारोबार


बढ्न थाल्यो सेयरबजार, लगानीकर्ताले गरे ७ अर्बको कारोबार

बढ्न थाल्यो सेयरबजार, लगानीकर्ताले गरे ७ अर्बको कारोबार

नेपालखबर
पुस २२, २०८२ मंगलबार १५:५९, काठमाडौँ

सेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार पनि सेयरबजारमा ९.९३ अंकको सुधार आएको छ। सूचक मात्र नभई कारोबार रकम समेत तेस्रो दिन बढेको छ। 

मंगलबार ७ अर्ब १२ करोडको सेयर किनबेच भएको हो। १ करोड ४८ लाख कित्ता बिक्रीमा यो परिमाणमा कारोबार भएको नेप्सेले जनाएको छ। 

सोमबार २८.७३ अंकको सुधार हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड थियो। आइतबार भने १०.२९ अंकको गिरावट आएको थियो। सो दिन ५ अर्बको खरिदबिक्री भएको थियो।

मंगलबार १४८ वटा सेयरको मूल्य बढ्दा १०३ वटाको घटेको र ८ वटाको सोमबारकै मूल्यमा कारोबार भएको छ। यस दिन जीवन विकास लघुवित्त, थ्रिस्टार हाइड्रोलगायतको सेयर अधिकतम ९.९७ प्रतिशतसम्मले मूल्य बढेको छ। 

तेस्रो कारोबार दिन रुरु जलविद्युत्, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी, बन्दीपुर केबलकारलगायतको सेयर ८.४१ प्रतिशतसम्मले घटेको छ। 

कारोबारमा भने एसवाई प्यानल अगाडि देखिएको छ। कम्पनीको २४ करोडको कारोबार भएको छ। यसबाहेक बुटवल पावर कम्पनी र शिवम् सिमेन्टको २३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad