कारोबार


बार एसोसिएसनलाई एनसेलले दियो आईसीटी उपकरण

बार एसोसिएसनलाई एनसेलले दियो आईसीटी उपकरण

नेपालखबर
पुस २१, २०८२ सोमबार १८:९, काठमाडौँ

एनसेलले जेन जी आन्दोलकका क्रममा क्षति भोगेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उपकरण सहयोग स्वरुप प्रदान गरेको छ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सोमबार एक कार्यक्रममाझ यी उपकरणहरु हस्तान्तरण गरेको हो।

भदौ २३ र २४ गतेको जेनजी युवा समूहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको भौतिक संरचना, कार्यलयका जिन्सी सामग्रीदेखि अभिलेख कागजातहरुमा समेतमा अत्यधिक क्षति भएको थियो । यो सहयोगले कार्यलयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने भएको छ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाश प्रसाद न्यौपानेलगायतका प्रतिनिधीहरुले नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रलाई ल्यापटप २ थान, डेक्स टप १ थान र प्रिन्टर २ थान, र सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर बहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेक्सटप र १ थान प्रिन्टर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मिश्रले एनसेलले प्रदान गरेको सामग्रीहरुले बारको कार्य सञ्चालनमा सहयोग पुग्ने र आगामी दिनमा समेत कम्पनी र बारकाबीच सहकार्य गर्न बार तत्पर रहेको बताउँदै कम्पनीलाई धन्यवाद दिए । त्यसैगरी राउतले सर्वोच्च अदालत बारले करिब ५० लाखको क्षति व्यहोर्नु परेको र केही माइन्युटबाहेक केही बाँकी नरहेको अवस्थामा एनसेलले गरको यस्तो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad