कारोबार


इन्धनको मूल्य घटेपछि हवाइ भाडा पनि घट्यो, कहाँको कति?

इन्धनको मूल्य घटेपछि हवाइ भाडा पनि घट्यो, कहाँको कति?

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १४:१४, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाइ भाडा घटाएको छ। 

आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यको हवाइ भाडा घटाएको हो। 

यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य (फ्युल सर्चाज) १२८ रुपैयाँ कायम गरी सोही आधारमा भाडा घटाइएको हो। प्राधिकरणले फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८.०९ रुपैयाँ राखेको छ। 

प्राधिकरणका अनुसार काठमाडौंबाट हुने पर्वतीय उडानहरुमा ४ हजार ६ सयबाट घटाएर न्यूनतम ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। 

यसबाहेक काठमाडौं–भद्रपुर ४ हजार २५ रुपैयाँबाट ३ हजार ८ सय ४५ रुपैयाँ, काठमाडौं–विराटनगर ३ हजार २ सय १५ रुपैयाँबाट ३ हजार ७५ रुपैयाँ कायम भएको प्राधिकरणले जनाएको छ। 

अन्य गन्तव्यमा कति घट्यो? (सूची हेर्नुस्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad