कारोबार


हिउँदमा ६५४ मेगावाट बिजुली आयात गर्न भारतले दियो अनुमति

हिउँदमा ६५४ मेगावाट बिजुली आयात गर्न भारतले दियो अनुमति

नेपालखबर
पुस १६, २०८२ बुधबार १४:१८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले हिउँदमा बिजुली आयात गर्ने अनुमति पाएको छ।

भारतीय ऊर्जा विनियम बजार (आईइएक्स) ले ६५४ मेगावाट बिजुली आयात गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले नेपालखबरलाई जानकारी दिए। 

‘भर्खर मेल आएको छ। जनवरीदेखि मार्चसम्म २४ घण्टा नै प्रतिस्पर्धाका आधारमा बिजुली आयात गर्ने अनुमति आएको हो’, ढकालले भने। 

ढल्केबर-मुजफ्फरपुर ६०० मेगावाट र टनकपुर-महेन्द्रनजगरबाट ५४ मेगावाट विजुली ल्याउने गरी अनुमति पाइएको हो। उनले थप ३०० मेगावाट बिजुली बिहारबाट ल्याउन साँझसम्म अनुमति आउन सक्ने  विश्वास व्यक्त गरे। 

हिउँदयाम सुरु भएसँगै नेपालका नदीमा जलप्रवाहक कम हुँदा विद्युत उत्पादान घट्ने गर्छ। ढकालका अनुसार हाल भारतबाट दैनिक २०० देखि ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ। 

यस अघिको सम्झौता आजबाट सकिँदै थियो। नयाँ अनुमतिसँग लोडसेडिङको जोखिम कम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad