कारोबार


कुवेत, साउदी अरब र मलेसियाबाट ३५ हजार बढी श्रमिक फर्किंदै

कुवेत, साउदी अरब र मलेसियाबाट ३५ हजार बढी श्रमिक फर्किंदै

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ९:११,

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपाली फर्काउने तयारी भएको छ। सम्बन्धित देशले नै त्यहाँ रहेका नेपालीलाई फर्काइदिन लागेका हुन्।

कुवेत, साउदी र मलेसियाले यसका लागि प्रक्रिया सुरु गरिसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

श्रम रोजगार पत्रकार समूहले सोमबार गरेको भिडियो कन्फ्रेन्समा मन्त्री ज्ञवालीले सम्बन्धित देशले नै श्रमिक ल्याइदिन्छु भनेकाले यसका लागि समन्वय गरिरहेको जानकारी दिए। यी देशमा अवैधानिक रुपमा बसेका श्रमिक करिब ३५ हजार हुन सक्ने परराष्ट्र मन्त्रालयको अनुमान छ।

‘कुवेतले दर्ता प्रक्रिया नै अगाडि बढाएको छ, साउदी र मलेसियाले पनि दर्ता हुन १४ दिने सूचना जारी गरेका छन्, हामीले पनि समन्वय गरिरहेका छौं’, मन्त्री ज्ञवालीले भने।

अरु देशबाट अहिलेसम्म फर्काउने कुरा आएको छैन तर फर्काउन सक्ने सरकारको अनुमान छ। यस्तै रोजगारी गुमाएका श्रमिकलाई खाने बस्ने र औषधि उपचारको व्यवस्था गर्न सरकारले आग्रह गरेको छ।

उनीहरुलाई कसरी फर्काउन सकिन्छ, फर्काएर क्वारेन्टिनमा राख्ने र घरसम्म पु¥याउने व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए।

हालसम्म ठूलो संख्यामा कामदार कटौतीको रिपोर्ट नआए पनि रोजगारी धेरैको गुम्ने आँकलन सरकारले गरेको छ। रोजगारी गुमाएका श्रमिकलाई सम्बन्धित देशले नै खान बस्न व्यवस्था गरेको र त्यस्तो व्यवस्था नभएका श्रमिकलाई सहयोग गर्न दूतावासलाई भनिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

भिसा, करार अवधि सकिएकै कारण कानुनी झमेला नपर्ने व्यवस्था गर्न गन्तव्य देशलाई भनिएको छ। उनीहरुलाई आफ्ना नागरिकसरह रोजगारी र खान बस्न व्यवस्था गर्न आग्रह गरेको छ।

‘हामीले पनि भारतका १२ सय नागरिकलाई क्वारेन्टिनमा राखिरहेका छौं, भारतले नसकेर होइन यो हाम्रो दायित्व हो । हाम्रा नागरिक पनि जुन देशमा छन्, उनीहरुको संरक्षणको दायित्व तिनै देशको हुन्छ’, ज्ञवालीले भने।

फर्किने कामदारलाई देशभित्रै रोजगारी दिनका लागि उनीहरुको दक्षता के छ भनेर रिपोर्ट राख्ने तयारी थालिएको छ। यसका लागि गैरआवसीय नेपाली संघसँग समन्वय गरिएको र आगामी बजेटमा उनीहरुलाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए।

श्रम, कृषि, उद्योगलगायतका मन्त्रालयले पनि आगामी वर्षमा श्रमिकलाई रोजगारी दिने गरी कार्यक्रम बनाइरहेको ज्ञवालीले बताए।

ज्ञवालीले भने, ‘४० लाख बढी विदेशमा रहेका श्रमिकको व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन, अरु देशले पनि आफ्ना श्रमिक फर्काएका छैनन्, यो विषय सहज छैन।’

अन्तर्राष्ट्रिय उडान बन्द छ। उनीहरुलाई ल्याएर कहाँ राख्ने र घरसम्म कसरी पु¥याउने भन्ने विषय गम्भीर भएकाले परिवारको सुरक्षाका लागि पनि तत्काल ल्याउन समस्या हुने मन्त्री ज्ञवालीले बताए।

‘कसैले भन्नेबित्तिकै फर्काउन र ल्याउन सहज छैन, उहाँहरुले पनि श्रमिक चाहिएर लैजानु भएको हो । हामीले पनि रोजगारी चाहिएर पठाएका हौं’, मन्त्री ज्ञवालीले भने, ‘गन्तव्य देशसँग हाम्रो जुन लेवलको सम्बन्ध छ, भोलिको दिनमा अप्ठेरो पर्छ जस्तो लाग्दैन।’

विदेशमा रहेका नेपालीलाई चार भागमा वर्गीकरण गरिएको छ। श्रमिक, विद्यार्थी, पर्यटक र गैरआवाशीय नेपाली छन्।

अहिले दूतावासले दैनिक रिपोर्ट गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरुलाई चौबीसै घण्टा श्रमिकको सम्पर्कमा रहन र गुनासोको सुनुवाइ गर्न परराष्ट्र मन्त्रालयले भनेको छ।

यस्तै सम्बन्धित देशका सरकारसँग पनि सम्पर्क गरिरहेको र ती देशका सरकारले नेपालीलाई समस्या हुन नदिने प्रतिबद्धता जनाएको मन्त्री ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad