कारोबार


सुनचाँदीका गहना टल्काउँदै हिँड्ने २० वर्षीय युवक ठगीको आरोपमा पक्राउ

सुनचाँदीका गहना टल्काउँदै हिँड्ने २० वर्षीय युवक ठगीको आरोपमा पक्राउ

नेपालखबर
पुस ६, २०८२ आइतबार ११:४८, काठमाडौँ

प्रहरीले कपिलवस्तुबाट एक भारतीय युवकलाई ठगीको आरोपमा पक्राउ गरेको छ। 

भारतको बिहार घर भएका वर्ष २० का सनी सोनीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। 

उनले कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ कृष्णनगर एरियामा सुनचाँदी तथा पित्तलका गरगहनाहरू सफा गर्ने (टल्काउने) भनि स्थानीय मानिसलाई झुक्यानमा पारी सुनचाँदी र पित्तल ठगी गर्ने गरेको गुनासोको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरू सफा गर्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।

उनलाई कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad