जेनजी प्रदर्शनपछि सुस्ताएको घरजग्गा कारोबार मंसिर महिनामा बढेको छ।
असोज र कात्तिक महिनामा सुस्ताएको कारोबार मंसिरमा बढ्दा राजस्व मात्रै ७६ प्रतिशतले बढ्न पुगेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारबाट सरकारले कुल ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जुन कात्तिक महिनाको तुलनामा ७६ प्रतिशतले बढी हो। कात्तिकमा यस्तो राजस्व २ अर्ब ७४ करोड मात्रै संकलन भएको थियो।
विभागका अनुसार मंसिर महिनामा घरजग्गा कारोबारबापत सेवाकर शीर्षकमा ३४ करोड राजस्व संकलन हुँदा रजिस्टे«सन दस्तुरबाट २ अर्ब ६२ करोड राजस्व संकलन भएको हो।
यस्तै पुँजीगत लाभकर शीर्षकमा भने १ अर्ब ८३ करोेड रुपैयाँ राजस्व संकलन भएको छ।
मंसिरमा घरजग्गा किनबेच चलायमान बन्न थालेपछि राजस्वसँगै कारोबार पनि बढ्न पुगेको छ। यस्तै यो अवधिमा कुल १ लाख ५८ हजार वटा घरजग्गा कारोबार हुँदा ५१ हजार ६ सय ३२ वटा नयाँ घरजग्गा किनबेच भएका हुन्।
यस्तै ३२ हजार ९३६ वटा घरजग्गा फुकुवा हुँदा ३९ हजार ४ सय ४३ वटा रोक्का भएका छन् । यो अवधिमा ५ हजार ७ वटा घरजग्गा नामसारी भएका हुन्।
Shares

प्रतिक्रिया