कारोबार


अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ४:५४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढेको छ। पाउन्डको भने घटेको छ। त्यसैगरि अमेरिकी डलर र बहराइन दिनारको खरिददर बढ्दा बिक्रीदर भने घटेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा थियो। 

यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ २८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad