कारोबार


श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने ढकालको प्रतिवद्धता

श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने ढकालको प्रतिवद्धता

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १५:५०,

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक बर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन्।

उक्त परिषदको सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिदै ढकालले सम्पूर्ण विश्व कोभिड १९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र एक किसीमले भन्नुपर्दा दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए।

सन्देशमा उनले भनेका छन्, ‘इतिहासको यो कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाई एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु।’

विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्,–‘यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ।’

सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए।

ढकालले नेपाल एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेका, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेका तथा देशमा रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुने धेरै सम्भावना देखिएको बताएका छन्।

अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको उनले बताए।

अस्तिमात्र केन्द्रीय तथ्या‌क विभागले नेपालको आर्थिक वृद्धिदर २।२७ प्रतिशत हुने अनुमान गरेको र यो निकै प्रारम्भिक प्रक्षेपण मात्र भएको भन्दै कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित देखिएको पनि उनले जनाएका छन्।

यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका र जसका कारण आज सारा संसार नै ठप्प प्रायः भएको उनले सो सन्देशमा बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad