नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दर घटाएको छ।
स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको हो।
ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्न यी दर घटाइएको हो।
ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर भने २.७५ प्रतिथशतमा यथावत् छ। त्यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था भने यथावत् कायम गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था भने खारेज गरिएको छ।
अरु के के परिवर्तन?
Shares

प्रतिक्रिया