गएको शुक्रबार तोलामा २२ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ।
आज तोलामा १६ सय बढेर सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ५० हजार ६ सय रुपैयाँ थियो।
गएको मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने चारसय रुपैयाँ घटेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि उच्च दरमा बढेको छ। तोलामा १४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार चारसय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।
639
Shares

प्रतिक्रिया