कारोबार


सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार २०:२६, काठमाडौँ

सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

डीआईजी कालीदास धौवजी डीआईजीको पदावधि पूरा गरेर अवकास भएका कारण सशस्त्रमा एक जना डीआईजीको पद रिक्त भएको थियो। रिक्त पदमा सबैभन्दा सिनियर एसएसपी पाठकलाई बढुवा गर्न सिफारिस गरिएको हो। 

पाठक नेपाल प्रहरीको प्राविधिक तर्फ भर्ना भएका थिए। तर सईबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएसँगै उनी साधारण समूहमा थिए। यसअघिका बढुवामा भने उनलाई छुटाउँदै आएकोमा यसपटक वरिष्ठताका आधारमा पाठकलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

उनीभन्दा पछाडीका सशस्त्र प्रहरीको सिसं १ र २ को टोली समेत डीआईजी भइसकेको छ। पाठक डीआईजीमा बढुवा भएसँगै रिक्त हुने एसएसपी पदमा पनि सिफारिस गरिएको छ। एसएसपीका लागि एसपी समिक महर्जन सिफारिस भएका छन्। महर्जन पनि एसपीको पहिलो नम्बरमा थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad