नेकपा एमालेले चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। बिहीबार प्रधानमन्त्री कार्कीले एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित संसदीय दलका मुख्य नेता महेश बर्ताैलासहितको छलफल गरेकी थिइन्।
उनले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनावमा सघाउन एमालेका नेताहरूसँग आग्रह गरिन्। बालुवाटारमा भएको सो छलफलमा चुनावमा जान आफूहरूलाई कुनै समस्या नरहे पनि अझै आफ्ना अध्यक्षमाथि स्थानहद गरिएको र सरकारी क्रियाकलापले चुनावी वातावरण नबनेकोले यसको व्यवस्थापन गर्नुपर्ने एमालेको भनाई थियो।
छलफलमा सहभागी बर्ताैलाका अनुसार प्रधानमन्त्रीले चुनाव गराउन सकारात्मक तबरले लागेको भन्दै एमालेले सहयोग गर्नुपर्ने बताएकी थिइन्।
‘उहाँले निर्वाचनसँग सम्बन्धित रहेर आफनो विचार राख्नुभयो। निर्वाचनमा एमालेले सहयोग गरोस् भन्ने उहाँको आग्रह थियो,’ बर्ताैलाले नेपालखबरसँग भने, ‘हामीले उहाँलाई प्रष्ट शब्दमा दुईवटा कुरा भन्यौँ।’
पहिलो- सरकार गठन र सरकारले गरेको संसद विघटन असंर्वधानिक छ, यसको संवैधानिक परिक्षण संवैधानिक अदालतबाट हुनेछ, त्यसको लागि दर्जनौ, रिटहरू परेको छ, त्यसको संवैधानिक परीक्षणसँग विषयको फैसला सम्मानितत अदालतबाट आएपछि आगामी यात्रा के हुने भन्नेकुरा निर्धारण गर्छ।
दोस्रो- निर्वाचनका लागि निष्पक्षता, निर्भयताका कुरा हुन्छ, शान्ति सुरक्षाको सुनिश्चितताको कुरा हुन्छ। निर्वाध ढंगबाट राजनीतिक पार्टीले विचार दृष्टिकोण, कार्यक्रम जनताको बीचमा लैजान सक्ने, मतदाताले भयरहित ढंगबाट मत खसाल्ने सक्ने परिस्थितिको आधारहरू, संकेतहरू जे देखिनुपर्ने हो त्यो भइरहेको छैन। लुटेका हतियारका विषय, भागेका कैदीबन्दीलगायत सबैस्थिति जे छ त्यसले समस्या पार्नेवाला छ।
त्यस्तै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद गरेको प्रति एमालेले असन्तुष्टि जनाएको बर्तौलाले बताए।
‘सरकारले ठूलो लोकप्रिय मत पाएको दलका नेतालाई स्थानहद तोकेको छ। यसबाट सरकार व्यक्त गर्दा भन्दा निर्वाचनको पक्षमा देखिने तर, व्यवहार ठीक विपरीत भएजस्तो हामीले महसुस गरेका छौँ, सरकारको समग्र व्यवहारबाट हामी आश्वस्त हुने स्थिति छैन,’ प्रधानमन्त्री कार्कीलाई राखेको धारणा उद्धृत गर्दै बर्ताैलाले थपे, ‘उहाँले हामी सरल वातावरण बनाउने पक्षमा लागेका छौँ, उहाँले हामी प्रयास गर्छाैँ, हामी अधिकतम् राम्रो गर्नेगरी सरकारी तहबाट तयारी गर्छाैँ भन्नुभयो। स्थान हदको विषयमा उहाँले केही भन्नुभएन, हामी चुनावमा सकारात्मक ढंगले लाग्छौँ दलहरूबीचको संवाद र सहकार्य सहज बनोस् भन्ने पक्षमा सरकार लागेको छ भनेर उहाँले भन्नुभयो।’
Shares

प्रतिक्रिया