कारोबार


वायुसेवा निगमको महाप्रबन्धक पदमा १६ जनाको आवेदन

वायुसेवा निगमको महाप्रबन्धक पदमा १६ जनाको आवेदन

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १९:५१, काठमाडौँ

नेपाल वायुसेवा निगम (नेवानी) महाप्रबन्धक पदमा १६ जनाको आवेदन परेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले  बिहीबारसम्म १६ जनाको आवेदन परेको जानकारी दिए।

महाप्रबन्धका लागि सरकारले २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो।

सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्दैछ। निगममा रिक्त रहेको महाप्रबन्धक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति बनेको छ। 

सिलबन्दी नाम सोमबारदेखि खोलेर मूल्यांकन सुरु गर्ने तयारी रहेको आचार्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad