कारोबार


नेपाल एसबीआई बैंकले ९ प्रतिशत लाभांश दिने

नेपाल एसबीआई बैंकले ९ प्रतिशत लाभांश दिने

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ११:२७, काठमाडौँ

नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्तावबारे निर्णय गरेको छ। 

बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

यसअनुसार ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ। त्यसअघि प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबट पारित हुनुपर्नेछ। 

बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ छ। यसको ९ प्रतिशत लाभांश सेयरधनीले पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad