सेयरबजारमा आज ७ अर्बको सेयर किनबेच भएको छ।
नेप्से ४७.२२ अंकले बढेर २६४७.४४ विन्दुमा पुगेको दिन १ करोड ४२ लाख कित्ता सेयर बिक्री भएको हो।
सोमबार ३७ वटा सेयरको मूल्य घटे पनि २१५ वटाको बढेको छ। त्यसैगरी ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज झापा इनर्जीका सेयरधनीले १० प्रतिशत कमाउँदा सागर डिस्टिलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्।
घटेका सेयरहरु अधिकतम ४.४४ प्रतिशतसम्मले ओरालो लागेका छन। सोमबार नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको २४ करोडको कारोबार भएको छ।
आज सबै उपसूचकहरु हरियो भएका छन्।
60
Shares

प्रतिक्रिया