कारोबार


बागमती करिडोरको जम्बुडाँडा क्षेत्र पुगेर कुलमानले दिए ढल व्यवस्थापन गर्न निर्देशन (तस्बिरहरू)

बागमती करिडोरको जम्बुडाँडा क्षेत्र पुगेर कुलमानले दिए ढल व्यवस्थापन गर्न निर्देशन (तस्बिरहरू)

नेपालखबर
मंसिर ६, २०८२ शनिबार ११:३२, काठमाडौँ

सहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन्। 

मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका हुन्। 

जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ। ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ।

ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भए पनि काम सन्तोषजनक छैन।

मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिँदै एक महिनाभित्र सक्ने गरी जनशक्ति थपेर काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। 

भिडिओ:

नदी सफा भएमा मात्र सहर सफा हुने उल्लेख गर्दै उनले वागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी काम अगाडि बढाइएको बताए। 

गुहेश्वरी–गोकर्ण खण्डका नदी करिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारी साधान हटाइएको छ।

नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो हटाउन सुरु गरिएको छ। सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँध सञ्चालनमा ल्याई सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको मन्त्री घिसिङले जानकारी दिए।

हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन। 

अनुगमनका तस्बिरहरू

-न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad