कारोबार


मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार २२:०, झापा

मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो। 

विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे। उनले मेचीनगर–७ को ‘राई बङ्गुर फार्म’का सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर-२ का हरिभक्त चापागाईँलाई चार वटा काउम्याट र मेचीनगर–४ को ‘उपकार कृषि फार्म’का सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको जानकारी दिए। 

मेचीनगर–११ का १०, मेचीनगर-१० का तीन, मेचीनगर–५ र २ का एकरएक, मेचीनगर–८ का नौ, मेचीनगर–३ का १६ र मेचीनगर–१५ का तीन जनालाई कुटी काट्ने मेसिन प्रदान गरिएको हो।

कार्यक्रममा मेचीनगर-३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका किसानलाई दिएको औजारले पशुपालनमा सहज हुने बताए। किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा कृषि औजार वितरण गरिएको छ।

कार्यालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नगरस्तरीय कार्यक्रमअनुसार मागमा आधारित पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत (५० प्रतिशत अनुदान) अन्तर्गत आज वितरण गरिएको हो।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सहजीकरण गरेको कृषि औजार वितरण कार्यक्रमको प्रतिवेदन पशु विकास सेवा शाखा प्रमुख विक्रम गुरुङले प्रस्तुत गरेका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad