कारोबार


इन्टरमोडल यातायात विकास समितिले विराटनगर कार्यालयका लागि माग्यो १९ कर्मचारी (सूचनासहित)

इन्टरमोडल यातायात विकास समितिले विराटनगर कार्यालयका लागि माग्यो १९ कर्मचारी (सूचनासहित)

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ८:५७, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभारले करार सेवामा १९ जना कर्मचारी माग गरेको छ। 

समितिले आज सूचना जारी गर्दै नयाँ सञ्चालक कम्पनी छनोट भएर हस्तान्तरण नहुन्जेल वा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन गर्ने प्रयोजनार्थ अस्थायी दरबन्दीका पदहरूमा कर्मचारी माग गरिएको जनाएको हो। 

खुला प्रतियोगितात्मक परीक्षाद्वारा करार सेवामा कर्मचारीकाे पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

वरिष्ठ सहायक पाँचौ तहमा चार जना, फोरमेन चौथो तहमा दुई जना, कार्यालय सहायकमा ११ जना, प्लम्बर एक जना र हलुका सवारी चालक एकसहित १९ जना कर्मचारीको लागि दरखास्त आह्वान भएको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad