पछिल्लो सात कारोबार दिनपछि नेप्सेले सोमबार ९ अंकको वृद्धि लिएको छ।
आइतबार ५.५१ अंकले घटेको नेप्से सोमबार भने ९.७८ अंकले बढेको हो।
पछिल्लो सात कारोबार दिनमा पाँच दिन नेप्से घटेको थियो भने बाँकी दुई दिन न्युन अंकले नेप्से बढेको थियो।
गत कात्तिक २० यता नेप्सेले यतिको उचाइ लिनसकेको थिएन। त्यसयताका सात कारोबार दिनमा अधिकतम ३० अंकले नेप्से घटेको थियो भने अधिकतम ३ अंकले मात्रै नेप्से बढेको थियो।
सोमबार भने नेप्से ९.७८ अंकले बढेर २५५०.३६ अंकमा पुगेको हो। यो दिन विकास बैंक र होटल समूहले सूचकलाई उचाल्न विशेष भूमिका खेल्यो। विकास बैंक र होटल तथा टुरिजम समूहको उपसूचक १ प्रतिशत माथि उक्लिदा बाणिज्य बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित, म्युचअल फन्ड र व्यापार समूहको उपसूचक सामान्यले बढ्न पुगे।
बाँकी निर्जीवन बिमा र अन्य समूहको उपसूचक भने घटेका हुन्।
यो दिन सूचक घटेपछि लगानीकर्ताले कारोबार भने खासै धेरै गर्न सकेनन्। आइतबार ३ अर्ब ४२ करोडको कारोबार गरेका लगानीकर्ताले सोमबार बजार बढ्दा पनि ३ अर्ब ८९ करोड माथि उक्लिन सकेनन्।
बजार लामो समय २५ सयकै वरपर घुम्न थालेपछि पर्ख र हेरको रणनीतिमा रहेका लगानीकर्ता कारोबारमा सक्रिय देखिएका छैनन्। जसले बजारलाई थप सुस्त बनाउँदै आएको हो।
आइतबार सूचकको बृद्धिले लगानीकर्तामा भने केही उत्साह थपेको छ। यो दिन कारोबारमा आएका ३३५ वटा कम्पनीको सेयरमध्ये १६७ वटाको मूल्य बढ्दा ७६ वटाको भने घटेको हो। बाँकी १३ वटाको मूल्यमा भने कुनै उतारचढाव देखिएन।
यो दिन बन्दीपुरसहित चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बन्दीपुर केबलकार, सागर डिस्टिलरी, बुंङ्गल हाइड्रो र झापा इनर्जीको मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै आज भुगोल इनर्जीको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। यो कम्पनी सेयरमूल्य ९.९९ प्रतिशत (सर्किट बराबर) मा घटेको हो।
Shares

प्रतिक्रिया