कारोबार


उत्साहप्रद रहेन सेयरबजारका पछिल्ला ३ महिना, २ खर्बले घट्यो पुँजीकरण

उत्साहप्रद रहेन सेयरबजारका पछिल्ला ३ महिना, २ खर्बले घट्यो पुँजीकरण

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १४:१, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सेयरबजारमा दुई खर्ब सम्पत्ति ह्रास आएको छ। बजार पुँजीकरण २ खर्ब रुपैयाँले घटेको हो। यो अवधिमा सूचक पनि घटेको छ। 

तीन महिनाको प्रतिवेदनअनुसार २०८१ असोज मसान्तमा २७४२.८९ रहेको नेप्से सूचकाङ्क २०८२ असोज मसान्तमा २४८७.१८ कायम भएको छ। २०८२ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण ४१ खर्ब ५७ अर्ब ९० करोड कायम भएको छ। २०८१ असोज मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड रहेको थियो। 

२०८१ को असोज मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.३९ प्रतिशत रहेकोमा २०८२ असोजमा ६८.०८ प्रतिशत रहेको छ।

२०८२ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९४ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्। 

२०८१ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रहेको छ। आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब ८३ करोड बराबरको बोनस शेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र रु.९९ करोड ४७ लाख बराबरको साधारण शेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad