कारोबार


नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ७:४९, काठमाडौँ

नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।

वायु सेवा निगमले बिहीबार बिहान सूचना जारी गरी महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो। 

यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ। 

सूचनामा भनिएको छ, ‘आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पे; गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छ।’

हेर्नुहोस् सूचना:

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छनोट समितिको बैठक ११ दिनसम्म नराखेपछि पर्यटन सचिव हरिप्रसाद मैनालीलाई  प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण लिएकी थिइन्। 

‘अनि त्यही दिन बैठक बसालेर कार्यविधि तयार गरेको र हिजो (बुधबार) उक्त कार्यविधि स्वीकृत भएपछि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्ने निर्णय भएको हो’, स्रोतले नेपालखबरसँग भन्यो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad