कारोबार


५० रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई

५० रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १७:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट गरेको छ। 

चीनको बेइजिङस्थित एम÷एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नेपाली नोट छाप्ने जिम्मा पाएको हो। 

यसका लागि यही कात्तिक २५ गते सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार उक्त कम्पनीले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छाप्ने सम्झौतामा हस्ताक्षर गरेको छ। 

गत साउन ९ मा यसका लागि टेन्डर गरिएकामा चिनियाँ कम्पनीले न्यूनतम बोल लगाएकाले छनोट भएको राष्ट्र बैकले जनाएको छ। 

यसअघि यही कम्पनीलाई एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न केन्द्रीय बैंकले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad