कारोबार


सरकारी कर्मचारीका लागि साइबर सुरक्षा एडभाइजरी जारी

सरकारी कर्मचारीका लागि साइबर सुरक्षा एडभाइजरी जारी

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कर्मचारीहरुका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।

चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भए बमोजिम साइबर सुरक्षा एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिए।

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि उच्च छ। साइबर जोखिम, रोकथामका उपायहरु तथा सुरक्षित डिजिटल अभ्यासबारे सचेत गर्ने एडभाइजरीको उद्देश्यक हो’, महर्जनले भने। 

केन्द्रले एडभाइजरी दुई खण्डमा विभाजन गरी जारी गरेको छ। पहिलो खण्डमा साधारण प्रयोगकर्ता र दोस्रो खण्डमा डाटाबेस÷सिस्टम सञ्चालनकर्ता छन्। 

सूचना प्रविधि मार्फत सरकारी सेवा प्रवाह भइरहेका छन्। सरकारी निकायका दैनिक कार्यमा सूचना प्रविधि प्रणाली प्रयोग भइरहेका छन्।

त्यस्ता साधारण प्रयोगकर्ताका लागि पनि आवश्यक सावधानी र सुरक्षित प्रयोगका उपायहरु समेटिएका छन्। साधारण प्रयोगकर्तालाई १३ बुँदामा सुरक्षाका उपायहरु उपलब्ध गराइएको छ। 

डाटाबेस/स्टिम सञ्चालनकर्ताहरुले सूचना प्रविधि प्रणालीको व्यवस्थापन, मर्मत तथा सुरक्षाका कार्य गर्नु पर्छ। यसका लागि केन्द्रले १९ बुँदामा सुरक्षाका उपायहरु जारी गरेको छ। 

यस्तो छ, साइबर सुरक्षा एडभाइजरी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad