कारोबार


सुनको मूल्यमा फेरि लगातार गिरावट, आज पनि घट्यो

सुनको मूल्यमा फेरि लगातार गिरावट, आज पनि घट्यो

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १२:१, काठमाडौँ

सुनको मूल्य आज पनि घटेको छ। गतसाता तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार र बुधबार दुवैदिन लगातार घटेको हो। 

तोलामा ११ सय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ३७ हजार दुई रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य हिजो तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ३८ हजार तीनसय रुपैयाँ कायम भएको थियो।  

आइतबार र सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमा स्थिर थियो। 

सुनको मूल्य गएको शुक्रबार र गएको आइतबार दुई दिनमा तीन हजार चारसय रुपैयाँ बढेको थियो। त्यसअघिका चार दिनमा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजाे र आज लगातार घटेको हो। 

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको दुई हजार नौसय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad