सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयरधनीलाई दिने लाभांशबारे निर्णय गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट लाभांशबापत ५ प्रतिशत बोनस दिनेबारे निर्णय गरेको हो।
उक्त कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ९० करोड छ। यसको ५ प्रतिशत अर्थात् १४ करोड ५० लाख रुपैयाँको बोनस सेयर वितरण गर्न लागिएको हो।
कम्पनीको साधारणसभाबाट पारित भएपछि यसको वितरण गरिने कम्पनीले जनाएको छ।
27
Shares

प्रतिक्रिया