गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा तीन करोड सहयोग गरेको छ।
फाउण्डेसनका पदाधिकारीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद विडारीलाई रकम हस्तान्तरण गरेका छन्।
सहयोग रकम सरकारले कोरोना नियन्त्रण र तथा उपचार लागि खर्च गर्न सदुपयोग गर्ने घलेले अपेक्षा गरेका छन्।
फाउण्डेसनले यस अघि पनि नेपालमा भूकम्प एवं नाकाबन्दी तथा बाढी आएको बेलासमेत सहयोग गरेको थियो।
प्रतिक्रिया