प्रतिकूल मौसमका कारण कतारको दोहाबाट नेपाल आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली डाइभर्ट गरिएको छ।
बिहान ९ः५ बजे नेपाल आउने तालिका रहेकामा उक्त जहाज १०ः२५ मा आइपुग्ने अनुमान थियो। तर मौसम प्रतिकूलताका कारण दिल्लीमा डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसैगरी सिचुवान एयरलाइन्सको टियान्फुबाट आउने जहाजको उडान नै रद्द भएको छ। यो जहाज ११ः२० मा नेपाल आइपुग्ने तालिका थियो। यसबाहेक बैंककबाट नेपाल दिउँसो २ः१० मा नेपाल आउने तालिका रहेको थाई एयरएसियाको जहाजले पनि उडान रद्द गरेको छ।
यसबाहेक दिल्लीबाट आएको एयर इन्डिया, दमामबाट आएको नेपाल एयरलाइन्स, दुबाईबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाट आएको इन्डिगो एयर, कोलकाताबाट आएको बुद्ध एयर, इस्तानबुलबाट आएको टर्किस एयरलाइन्स, ग्वान्झाउबाट आएको चाइना साउदर्न, टियान्फुबाट आएको एयर चाइना र कोलम्बोबाट आएको श्रीलंकन एयरलाइन्सका जहाजले भने अवतरण सम्पन्न गरेका छन्।
काठमाडौंबाट हुने उडानतर्फ दिल्ली जाने एयर इन्डियाको जहाज डिले हुँदा इन्डिगोले उडानको तयारी गरेको छ। यसबाहेक हिमालयन एयरलाइन्सको जहाज क्वालालम्पुर उडिसकेको छ भने कतार एयरवेज पनि दोहा प्रस्थान गरेको छ। अन्य जहाजहरु गन्तव्यमा उडानको तयारीमा रहेको विमानस्थलको डिजिटल सूचना बोर्डले देखाएको छ।
Shares

प्रतिक्रिया