कारोबार


प्रहरीलाई अघि लगाएर कार्यकक्ष पुगे सेबोन अध्यक्ष सन्तोषनारायण

प्रहरीलाई अघि लगाएर कार्यकक्ष पुगे सेबोन अध्यक्ष सन्तोषनारायण

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १४:२३, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बुधबार प्रहरीको सहयोगमा कार्यकक्ष प्रवेश गरेका छन्। 

कर्मचारीको आन्दोलन चर्किरहँदा अध्यक्ष श्रेष्ठले कार्यालय जान प्रहरीको सहारा लिएका हुन्। 

एक कर्मचारीले अध्यक्ष श्रेष्ठ कार्यालय आएको पुष्टि गरे। 

‘उहाँ कार्यालय आउनुभएको छ, प्रहरीलाई चाहिँ मैले देखिनँ’, ती अधिकारीले नेपालखबरसँग भने। 

अर्थ मन्त्रालयले बोर्डका कर्मचारीको सेवासुविधासम्बन्धी दुईवटा कार्यविधि खारेज गरेपछि कर्मचारीहरु असोज पहिलो सातादेखि नै निरन्तर आन्दोलनमा छन्। 

सरकारले उनीहरुको मागबारे केही सुनुवाइ गरेको छैन भने बोर्डका कामहरु आन्दोलनले प्रभावित बनेको छ। उनीहरुले आन्दोलन अझै सशक्त पार्ने चेतावनी दिँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad