सेयरबजार परिसूचक नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ।
२.४८ प्रतिशतको उछालसँगै बजारमा कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ९२ लाख ४३ हजार कित्ता बिक्रीपछि ४ अर्ब ५७ करोडको कारोबार भएको हो।
मंगलबार २३६ वटा सेयरहरुको मूल्य बढ्दा १२ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज न्यादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा बुटवल पावर ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंक ९.९८ प्रतिशत, राधी विद्युत् कम्पनी ९.६० र लुम्बिनी विकास बैंक ९.३५ प्रतिशतले बढेका छन्।
तर हिमालयन पावर पार्टनर, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल बालाजु र महिला लघुवित्तको अधिकतम ६.३६ प्रतिशतसम्म गिरावट आएको छ।
सर्वाधिक कारोबारमा आज हिमालयन पावर पार्टनरले सबैलाई उछिनेको छ। कम्पनीको २४ करोडको कारोबार भएको हो।
Shares

प्रतिक्रिया