कारोबार


भारी हिमपातपछि म्याग्दीतर्फ अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक

पदयात्रीलाई समन्वय गर्न स्थानीय उद्धारकर्मी लिएर सशस्त्र र प्रहरी जाँदै
भारी हिमपातपछि म्याग्दीतर्फ अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार ११:२८, काठमाडौँ

वर्षात् र भारी हिमपातपछि म्याग्दीतर्फ अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। 

अन्नपूर्ण आधारशिविरमा पुगेका पर्यटकलाई सहजीकरण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय उद्धारकर्मी परिचालन भएको पनि कार्यालयले जनाएको छ। 

प्रहरीले आवश्यक सहयोग चाहिए सम्पर्क गर्न पनि भनेको छ। 

स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहित प्रहरी टोली अहिले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी आधारशिविर गइरहेको छ। 

सम्पर्क गर्न सकिने नम्बर 
अन्नपूर्ण गा पा अध्यक्ष: ९८५७६२७८२४
अन्नपूर्ण वडा नं. ४ अध्यक्ष: ९८६७६३९९५९
स्थानीय उद्धारकर्मी इन्द्र शेरचन: ९८५७६४०२४६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad