कारोबार


तिहारपछि तोलामा साढे ११ हजार घटेको सुनको मूल्य आज थप घट्यो

तिहारपछि तोलामा साढे ११ हजार घटेको सुनको मूल्य आज थप घट्यो

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार ११:३२, काठमाडौँ

तिहारपछि आइतबार तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार थप घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारभन्दा सुन तोलामा २ हजार रुपैयाँ घटेको हो। 

आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै चाँदीको मूल्य पनि थप घटेको छ।

आज चाँदीको मूल्य प्रतितोला ३५ ले घटेर २ हजार ९८० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९०० र चाँदी ३ हजार १५ मा किनबेच भएको थियो।

तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० र चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार  कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad